५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


हास्य कलाकार ’धुर्मुस’ ’मेरी बास्सै’मा फर्कदै



ललितपुर
हास्य कलाकार सीताराम कट्टेल ’धुर्मुस’ फेरि टेलिचलचित्र ’मेरी बास्सै’ मा फर्किने भएका छन्।
उनले आफ्नो फेसबुकमा केही तस्बिर सार्वजनिक गर्दै फेरि टेलिचलचित्र ’मेरी बास्सै’मा फर्कन लागेको जानकारी दिएका हुन् ।
केही दिनअघि केही भाग छायांकन समेत गरि सकिएको छ ।
सार्वजनिक तस्विर रामचन्द्र अधिकारी ’काजी साब’, सुरविर पण्डित ’दाह्री बा’ लगायतका कलाकार पनि देखिएका छन्।
टेलिचलचित्रमा उनी पुरानै भेषभुसा र हाउभाउमा अभिनय गरेका छन्।
उनी टेलिचलचित्रमा नियमित अभिनय भने नगर्ने बताइएको छ ।उनले अभिनय गरेको चलचित्र ’लाज शरणम्’ को प्रचारको लागि उनी सो टेलिचलचित्रमा देखिएका हुन् ।
उनले अभिनय गरेको फिल्म ’लाज शरणम्’ फागुन १४ गतेदेखि प्रदर्शन हुँदैछ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  २ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।