१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


७० प्रतिशत लक्षित किशोरीले लगाए एचपिभी खोप



काठमाडौं । पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा ७० प्रतिशत लक्षित किशोरीले खोप लगाएका छन् ।

खोप अभियान सुरु भएको नवौँ दिनमा ११ लाख ६१ हजार ८७४ लक्षित किशोरीले एचपिभी खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश अनुसार कोशी प्रदेशमा दुई लाख १९ हजार ८३, मधेश प्रदेशमा एक लाख ८१ हजार ४८७, बागमती प्रदेशमा दुई लाख २४ हजार ७०२ किशोरीले खोप लगाएका छन् ।

यसैगरी, गण्डकी प्रदेशमा ९८ हजार १७३, लुम्बिनी प्रदेशमा दुई लाख १० हजार ८६, कर्णाली प्रदेशमा ८७ हजार ९०४, सुदूरपश्चिम प्रदेशमा एक लाख ४० हजार ४३७ किशोरीले एचपिभी खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका छात्रालाई र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ७८६ लक्षित गर्दै एचपिभी खोप अभियान सञ्चालन गरिरहेको छ ।

एचपिभी खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुने चिकित्सक बताउछन् । अभियानमा दिइएको खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन चिकित्सकको सुझाव छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ३ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।