२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


आजबाट हल हलमा चलचित्र ‘दुःखी आत्मा’ र ‘रंगी’ प्रर्दशन



ललितपुर
आजबाट देशभरका चलचित्र भवनका हल हलमा दुई चलचित्र ‘रंगी’ र ‘दुःखी आत्मा’ प्रर्दशन सुरु भएको छ ।
चलचित्र ‘दुःखी आत्मा’ यौन मनोविज्ञानमा आधारित छ भने चलचित्र ‘रंगी’ वालमनोविज्ञान र संर्घषरत युवाको कथा रहेको छ ।
चलचित्र ‘रंगी’मा अभिनेता सलोन बस्नेत सँगै नम्रता श्रेष्ठको साथमा वाल कलाकार आयुषी ढकाल वालकलाकारको भूमिकामा छिन् । अभिनेता सलोन बस्नेतकोे लगानीमा बनेको चलचित्र ‘रंगी’लाई निर्देशक सुरेश न्यौपाने निर्देशन गरेका छन् ।

चलचित्र ‘दुःखी आत्मा’ भने पत्रकार समेत रहेका दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको हो । यौन दुर्बलताको समस्यालाई उठाएको चलचित्रमा अभिनेता दयाहाङ राई,अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको छ ।

चलचित्र ‘दुःखी आत्मा’ले देशभर चलचित्र भवनमा करिव दुई सय शो पाएको छ भने चलचित्र ‘रंगी’ले देशभरका हलहरुमा करिव ६० शो पाएको छ ।
तिहारपछि नेपाली चलचित्र बजार शिथिल भइरहेको सन्दर्भमा यी दुई चलचित्रले सुखद व्यापार गर्नसक्ने आकलन गरिउको छ ।
चलचित्र ‘दुःखी आत्मा’ले विहीबार साँझ काठमाडौं गोगबुस्थित उक चलचित्र भवनमा प्रिमियर आयोजना गरेको थियो । सो चलचित्रले प्रिमियरमा सहभागीहरुबाट सुखद प्रतिकृया पाएको थियो ।
चलचित्र ‘रंगी’ले पनि चावहिलस्थित उक चलचित्र भवनमा भव्य प्रिमियर सम्पन्न गरेको थियो । प्रिमियरमा सहभागीले यस चलचित्रलाई पनि राम्रो भन्दै प्रशंसा गरेको सुन्न सकिन्थ्यो ।
प्रिमियरमा आएका पाहुनाले चलचित्र हेरेपछि राम्रो प्रतिकृया दिने भर चलचित्र भवनमा भने दर्शक आउने क्रम घटेको आधारमा शुभेच्छुकको प्रतिकृयाकै भर पर्नु पर्ने अवस्था छैन ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १० : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।