काठमाडौं । काठमाडौंबाट नुवाकोट त्रिशुली धोविघाट जाँदै गरेको ट्रकबाट ग्यास सिलिण्डर लिक भएको छ। शुक्रबार बिहान ११:४५ बजेतिर धादिङ धुनिवेशी नगरपालिका बाहुनडाँडामा बा २ ख ४६७३ नम्बरको ट्रकमा लोड गरी राखेको ग्यास सिलिण्डर लिक भएको हो।
सिलिण्डरमा कोल्ड स्टोरमा प्रयोग गरिने एमोनिया ग्यास रहेको प्रहरीले जनाएको छ। दमकलको सहायताबाट ग्यास निभाइसकेको धादिङ प्रहरीले जनाएको छ। ट्रकमा रहेको १७ वटा सिलिन्डरमध्ये एउटा सिलिन्डरको ग्यास लिक भएको हो।







प्रतिक्रिया