६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंबाट त्रिशुली जाँदै गरेको ट्रकमा ग्यास सिलिन्डर लिक



काठमाडौं । काठमाडौंबाट नुवाकोट त्रिशुली धोविघाट जाँदै गरेको ट्रकबाट ग्यास सिलिण्डर लिक भएको छ। शुक्रबार बिहान ११:४५ बजेतिर धादिङ धुनिवेशी नगरपालिका बाहुनडाँडामा बा २ ख ४६७३ नम्बरको ट्रकमा लोड गरी राखेको ग्यास सिलिण्डर लिक भएको हो।

सिलिण्डरमा कोल्ड स्टोरमा प्रयोग गरिने एमोनिया ग्यास रहेको प्रहरीले जनाएको छ। दमकलको सहायताबाट ग्यास निभाइसकेको धादिङ प्रहरीले जनाएको छ। ट्रकमा रहेको १७ वटा सिलिन्डरमध्ये एउटा सिलिन्डरको ग्यास लिक भएको हो।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  २ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।