२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सामाजिक सञ्जालमा छछल्कियो अभिनेता दिपक र दिपाको प्रेम



काठमाडौं
लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा अभिनेता दीपकराज गिरी र दीपाश्री निरौलाको सहकार्य रह्यो । यी दुई बीच लामो समयसम्म अनस्क्रिन जोडीको रुपमा जोडी स्थापित भयो । रेडियोमा धनियाँ र रामविलासदेखि टेलिचलचित्र ‘तीतो सत्य’मा उनीहरुको जोडी सथापित भयो । उनीहरु चलचित्र छ एकान छ हुँदै ‘छक्कापञ्जा’ श्रृंखलाभर साथमा रहे ।
अभिनेता दिपक विवाहित हुन् । उनको छोराछोरी अहिले ठूलो भइसके । तर दिपा अझैं अविवाहित छिन् । धेरैले दिपक दिपालाई वास्तविक जीवनको जोडीको रुपमा समेत लिन्छन् ।
आज प्रयय दिवस । यी जोडीले पनि सामाजिक सञ्जालमा प्रेमाभाव प्रकट गरेका छन् ।

निर्देशक समेत रहेकी दीपाले इन्स्टाग्राममा दीपकसँग प्रेमभावमा रहेका आफ्नो फोटो सेयर गर्दै ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै लेखेकी छन् । दीपक र दीपा रोमान्टिक भावमा रहेको यो तस्विरले उनीहरुबीचको प्रेम झल्काएको छ । हाल अमेरिकामा रहेका फेशन फोटोग्राफर राजीव श्रेष्ठले खिचेको यो तस्विर ताजा होइन ।

दिपा राजधानीमै छिन् । उनी विहीबार राजधानीमा आयोजित चलचित्र दुःखी आत्माको प्रिमियरमा सहभागी थिइन् । दीपक अहिले घुमघामका क्रममा अस्ट्रेलियामा छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ३ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।