भक्तपुर । भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका ५ पिखेलका ७२ वर्षीया केकई मग्रराती मगरको मृत्यु भएको हो ।
चाँगुनारायण नगरपालिका ३ कोल्पाकोट ओरालोस्थित सडकमा व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३०१–००३ क ४६३७ नम्बरको गाडीको ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन्।
उनको काठमाडौं मेडिकल अस्पताल दुवाकोटमा उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।







प्रतिक्रिया