चलचित्र हेर्ने क्रममा नर्भस,डर र लाज भयो की भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले चलचित्र हेर्ने क्रममा आफूले हाँसेरै समय विताएको अनुभव सुनाएकी थिइन्
ललितखबर
नेपाली चलचित्र प्रर्दशनको पुर्वसन्ध्यामा मुख्यतयाः निर्माताले राजधानीमा प्रिमियर आयोजना गर्ने गर्दछन् । प्रिमियरमा थुप्रै कलाकार भेला हुन्छन् । प्रिमियरस्थल विभिन्न सामाग्रीले सझाइन्छ । कलाकार रंगीचंगी पोशाकमा सझिन्छन् । एक किसिमको महोत्सव झैं हुन्छ ।
सधैं झैं राजधानीको गोंगबुस्थित एक चलचित्र भवन फूल र बत्तीहरुले सझाइएको थियो । चलचित्रको विषयबस्तुको सम्झना ताजा बनाउन ठाँउ ठाँउमा सिन्धुलीको जुनार राखिएको थियो ।
चलचित्रका कलाकारहरु प्रिमियरस्थलमा भेला भए । अक्सर सझिएर सार्वजनिक कार्यक्रममा अभिनेत्री आँचल शर्मा सामान्य साडीमा पुगिन । चलचित्रका अभिनेता दयाहाङ, अनुप विक्रम शाही र बुद्धि तामाङलगायत कलाकार पनि उस्तै पारामा सहभागी थिए ।
तर प्रिमियरमा अभिनेत्री आँचल शर्मा फुरुङ देखिन्थिन् । उनको हाँसो अनि खुशीयाली हेर्नलायक थियो । चलचित्र हेरेपछि आँचल क्यामेरा अगाडि बसेर गफिन्थिन् ।
अन्र्तवार्ताकै क्रममा उनले आफू प्रिमियरमा सहभागी भएर चलचित्र हेरेपछि साह्रै खुशी भएको बताएकी थिइन् ।
चलचित्र हेर्ने क्रममा नर्भस,डर र लाज भयो की भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले चलचित्र हेर्ने क्रममा आफूले हाँसेरै समय विताएको अनुभव सुनाएकी थिइन् ।
यौन मनोसमस्याको विषयमा निर्माण भएको चलचित्र दुःखी आत्माको प्रचार सामाग्री सार्वजनिक पछि एडल्ट चलचित्र खेलेको भन्दै उनको आलोचना भएको थियो । प्रिमियरमा चलचित्रको विषयबस्तुको विषयमा सकारात्मक चर्चा भए पछि उनी खुशी देखिएकी थिइन् ।







प्रतिक्रिया