चलचित्र ‘एक्टर : टेक वन’द्वारा अदालतमा मुद्दा दायर गरेपछि हाललाई चलचित्रको प्रर्दशन रोकेको छ । चलचित्रका निर्माता थमनकुमार भण्डारी र मोती कार्कीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै आइतबार देखि चलचित्र प्रर्दशन रोक्ने निर्णय गरेको जानकारी दिएको छ ।
वितरण कम्पनी डिजिटल सिनेमा नेपालले पनि आइतबारदेखि प्रदर्शन रोक्न भन्दै मातहतका हललाई इमेल पठाएको छ ।
शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि मुद्दा अन्तिम किनारा नलागेसम्म प्रदर्शन स्थगित गर्ने निर्णय भएको निर्माताद्वय थमन भण्डारी र मोती कार्कीले जनाएका छन् ।
‘एक्टर : टेक वन’को निर्माता कम्पनीमध्येको एक अ मोती फिल्म्स प्रालिले विहिबार काठमाडौं जिल्ला अदालतमा अर्को चलचित्र ‘एक्टर’को निर्माता कम्पनी नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रालिलाई अनुचित लाभ लिन खोजेका आरोप लगाउदै मुद्दा दायर गरेको हो ।
केही दिन अघि डायस्पोरा इन्टरटेनमेन्ट प्रालिले चलचित्र ‘एक्टर : टेक वन’ले आफ्नो चलचित्र एक्टर’को कथाबस्तुमाथि चलचित्र निर्माण गरेको आरोप लगाउदै कपिराइटको दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले चलचित्रको प्रर्दशन रोकेर छलफलमा बोलाएपछि दुबै पक्षले वार्ता मार्फत समस्या समाधान भएको भन्दै मुद्दा फिर्ता गरेर चलचित्र प्रर्दशन सुचारु गरेका थिए ।
‘एक्टर : टेक वन’का निर्माताद्वयले अनुचित लाभ लिएको भन्दै एक्टरका निर्माताविरुद्ध मुद्दा दायर गरेका हुन् ।
मुद्दा दायरपछि अदालतले दुबै पक्षलाई चैत ६ गते छलफलमा बोलाएको छ ।







प्रतिक्रिया