२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्रमा रङ्ग संयोजनमा सक्रिय गहतराज निर्देशनमा सक्रिय



काठमाडौँ
रङ्ग संयोजनमार्फत चलचित्र क्षेत्रमा सक्रिय जुनिम गहतराज पछिल्लो समय आफ्नै निर्देशनमा चलचित्र लिएर आएका छन् ।
एक दशकदेखि रङ्ग संयोजनमा सक्रिय रहेका जुनिम गहतराजको निर्देशनमा चलचित्र ‘ताण्डवम्’ तयार भएको हो ।
उनले भने, “रङ्ग संयोजनमार्फत चलचित्र क्षेत्रमा सक्रिय भए पनि मैले निर्देशक विधा पनि अध्यन गरेको छु । विचार मिल्दो समूह जुटेका कारणले मैले निर्देशकको रूपमा अगाडि बढ्ने योजना बनाएको हुँ । सुरुमा नेपालमा बनिरहेका भन्दा फरक चलचित्र दर्शकसामु ल्याउँदै छु ।”
चलचित्रका निर्देशक गहतराजले आफ्नो पहिलो सन्तानको स्वागतमा रहेको नवविवाहित जोडीको जीवनमा अकल्पनीय घटनाले निम्त्याउने घटनाक्रमलाई चलचित्रको विषय बनाइएको बताएका छन् ।
निर्देशक गहतराजले पारिवारिकसँगै ‘एक्सन थ्रिलर’ विधामा तयार भएको सो चलचित्रले दर्शकलाई नयाँपन दिने बताएका छन् । यसमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अङ्कित खड्का, अनोज पाण्डेलगायत कलाकारले अभिनय गरेका छन् ।
यस चलचित्रमा हरि घले लामाले छायाङ्कन, सम्राट बस्नेतले द्वन्द्व निर्देशन, सुशान्त गौतमको सङ्गीत र कोबिद बज्रले पाश्र्वसङ्गीत सृजना, अनिरुद्ध आत्रेय र हुसेनले पटकथा लेखन गरेका छन् ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ८ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।