४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कमलपोखरी ग्यास विस्फोटमा घाइतेमध्ये थप एक जनाको मृत्यु



काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार मःम पसलमा ग्यास विस्फोटबाट भएका आगलागीमा परि घाइते मध्ये थप एक जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भई काठमाडौं महानगरपालिका कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा छन् । उनको गएराति ११ः४५ बजे मृत्यु भएको एसपी बोहोराले जानकारी दिए ।

माघ २४ गते शानदार मःममा ग्यास विस्फोट भएर आगलागी भएको थियो । आगलागीबाट ११ जना कामदार घाइते भएका थिए । घाइतेमध्ये तीन जनाको यसअघि नै उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो । यो संगै मृत्यु हुनेको संख्या चार पुगेको छ ।

यसअघि गत सोमबार दुईजनाको र शुक्रबार एकजनाको मृत्यु भएको थियो ।मकवानपुरका १८ वर्षीय रविन राई र उदयपुरका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा मृत्यु भएको थियो । यस्तै उदयपुरका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १० : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।