२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘रंगी’ले शो नपाएपछि अभिनेता सलोन बस्नेतले झरे आँशु



युट्युवका लागि चलचित्र बनाउने भए किन चलचित्र भवन चाहियो ?

ललितखबर

चलचित्र ‘रंगी’ले शो नपाएपछि निर्माता समेत रहेका अभिनेता सलोन बस्नेत र निर्देशक सुरेस न्यौपानेले झरे आँशु झरेका छन् ।
शनिबार सञ्चारकर्मीहरुसँग बोल्ने क्रममा आक्रोससँगै आँखु झार्दै निमाता तथा अभिनेता सलोल बस्नेत र निर्देशक सुरेस न्यौपानेले थुप्रै गुनासो पोखेका हुन् ।
अन्र्तवाताका क्रममा अभिनेता बस्नेता ठाँउ ठाँउमा भक्कानिएको देख्न सकिन्छ भने निर्देशक न्यापाने पछाडि फर्केर आँशु झारेका छन् भने अभिनेता बस्नेतले भावुक बन्दै सम्हालेका छन् ।
शुक्रबारदेखि प्रर्दशनमा आएको चलचित्र ‘रंगी’ले पर्याप्त शो नपाएको भन्दै उनीहरु आक्रोसित बनेका हुन् ।

लामो समयदेखि चलचित्र कर्ममा काम गरिरहेको छु । तर हाम्रो चलचित्रलाई शो नै छैन

चलचित्र निर्माता तथा नायक सलोन बस्नेत, निर्देशक सुरेस न्यौपाने र निर्देशक सोभित बस्नेत समेत चलचित्र भवनमा पर्याप्त शो नपाएको गुनासो गरिरहेका छन् ।
चलचित्र निर्माता तथा नायक सलोन बस्नेत नेपालमा धेरै हल रहेको क्युएफएक्समा थोरै शो पाएको गुनासो गरे । उनले भने, ‘लामो समयदेखि चलचित्र कर्ममा काम गरिरहेको छु । तर शो नै छैन ।’
उनले ललितपुरको लभिम मलमा एउटा पनि शो नदिएकोमा उनले चित्त दुखाएका छन् । ललितपुरका दर्शकले चलचित्र हेर्न नपाएको भन्दै उनले एक अन्र्तवार्तामा आक्रोस व्यक्त गरे । आफूसँग धेरै पैसा भएर चलचित्र निर्माण नगरेको तर्क गर्दै आफ्नो उत्पादन चलचित्र भवनमा बिक्री गर्न पाउनु पर्ने दाबी गर्छन ।
उनले अरु चलचित्र भवनमा शो पाइरहेको सन्दर्भमा क्युएफएक्समा मात्रै शो नपाएको उनले बताए ।
उनले चलचित्र भवनका लागि नै चलचित्र बनाएको कारण शो पाउनु पर्ने तर्क गरेका छन् । उनले भने, ‘युट्युवका लागि चलचित्र बनाउने भए किन चलचित्र भवन चाहियो ?’ उनले जीवन नै अपर्ण गरेर चलचित्र बनाएको बताए ।
निर्देशक न्यौपाने पनि चलचित्र भवनमा शो नपाएकोमा आक्रोस व्यक्त गर्दै चलचित्र चलाउन राजनीति सिक्नु पर्ने बताएका छन् । उनले चलचित्र भवनमा शो राख्न भिख माग्न परेको बताए । उनले भने,‘हामीले धेरै अगाडि चलचित्रको मिती घोषणा गरेका थियौं । तर हामीलाई शो दिइएन ।’
उनले चलचित्र राम्रो बनाएको दाबी गर्दै आफूहरुलाई चलचित्र नबनाओं भन्ने हो भने सन्यास गरेर जाने बताए ।
निर्देशक न्यौपानेले चलचित्र भवनको मालिकको मोजा, अण्डरवेयर धुन पनि आफू तयार रहेको भन्दै भँडास पोखे । ‘चलचित्रको शो
पछिल्लो समय निर्माता सलोन बस्नेतका बुवा समेत रहेका निर्देशक शोभित बस्नेत विदेशमा छन् । उनी छोराको चलचित्रको प्रमोसनमा सहयोग गर्नुको साटो समुद्री किनारमा सेल्फी खिच्न व्यक्त देखिन्छन् । सोही सन्दर्भलाई व्यङ्य गर्दै निर्माता समेत रहेका अभिनेता बस्नेतले पत्रकार सम्मेलनमै व्यङ्य गर्दै पोस्टरहरु चाही फेसबुकमा शेयर गर्ने गरेको बताउका थिए । उनले सञ्चारकर्मीहरुसँग कुराकानीको बेला कठीन अवस्था सामना गरिरहेको सन्र्दभमा प्रश्न गर्दा ‘नभएकै ठीक’ भन्दै आँशु झारेका छन् ।
उता शोभित बस्नेतले भने सामाजिक सञ्जालमार्फत वितरक चम्चे परेको आरोप लगाएका छन् । वितरकले आफ्नो स्वार्थका लागि चलचित्र जुधाउने गरेको उनको आरोप छ ।
उनी लेख्छन्, ‘साला चम्चा बितरक पर्यो पछि यस्तै हुदो रहेछ नेपाल आउ ते… कति खेदो खन्छु मलाइ थाहा छ त साला ले मेरो छोरो रुवाइस ते… जिन्दगी को ठूलो भुल हो’

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ११ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।