१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अर्थमन्त्री पौडेल र मेयरको स्वस्थ्यबारे चासो लिदै राष्ट्रपति पुगे कीर्तिपुर अस्पताल



कीर्तिपुर (काठमाडौँ)
राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
राष्ट्रपतिले मन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख  धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हन् । दुवै जना शनिबार पर्यटन प्रवद्र्धनसम्बन्धी पोखरामा आयोजित कार्यक्रममा बेलुन उडाउने क्रममा घाइते भएका हुन् । अर्थमन्त्री पौडेल र मेयर आचार्य दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा रोशन पोखरेल तथा अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीलगायत दुबैको उपचारमा संलग्न चिकित्सकले स्वास्थ्य अवस्थाबारे जानकारी दिएका थिए ।
डा नकर्मीले मन्त्री पौडेल र महानगर प्रमुख आचार्यको अवस्था सामान्य हुँदै गए पनि केही समय चिकित्सकको निगरानीमा राख्नुपर्ने बताएका थिए । अस्पताललाई जलनको उपचारका लागि अत्याधुनिक उपकरण र प्रविधिसहितको व्यवस्था गरिनुपर्नेमा उनले जोड दिएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १२ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।