काठमाडौं । शंखरापुर नगरपालिका–५ मा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । १० वर्षीय विद्यार्थी सनसाइन तामाङको मृत्यु भएको छ । उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।
उनको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको छ । यसअघि ११ वर्षीय विद्यार्थी क्रिष्टलल पुरी, २३ वर्षीय सुरेश तामाङ र १४ वर्षीय सुशांक डोटेलका मृत्यु भएको थियो ।
३० माघमा चाबहिलको एसएस एकेडमीका विद्यार्थी नगरकोट पिकनिक गएका थिए । पिकनिक गएर फर्कने क्रममा उनीहरु सवार बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको थियो ।







प्रतिक्रिया