२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘११ः५५’को टिजरमा धोकाधडी र द्वन्द्व



 

प्रदर्शनउन्मुख चलचित्र क्राइम–थ्रिलर चलचित्र ‘११ः५५’को टिजर सार्वजनिक भएको छ ।
आगामी चैत ८ गतेबाट प्रर्दशन सुरु गर्ने तयारी रहेको यो चलचित्रको १ मिनेट ३४ सकेण्ड लामो टिजर युट्युवमा हेर्न सकिन्छ । प्रेम, युद्धको कथामा अभिनेत्री सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी, सागर खनाल लगायतको अभिनय छ ।
चलचित्रको टिजरमा आफ्नाहरुले धोका दिएपछि श्रृजना भएको द्वन्द्वको कथा समेटिएको छ । विश्वासिलापात्रबाटै धोका भएपछि चलचित्रमा भयानक द्वन्द्व विकसित भएको टिजरमा रहेको छ ।
केशव पाण्डेको कथा तथा निर्देशनमा निर्माणाधिन चलचित्रमा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले कथा लेखेका हुन् ।
चलचित्र श्याम शर्मा र सरोजा शर्माको लगानीमा बनेको चलचित्रका कार्यकारी निर्माता एमएस अग्रज हुन् ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ११ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।