२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मायावी’को ट्रेलर हेर्ने दर्शकको संख्या उल्येख्य



सोमबार साँझसम्म हेर्ने दर्शकको संख्या १२ लाख नागेको छ भने ३ हजार ४सयभन्दा धेरै दर्शकले प्रतिकृया दिएका छन्

प्रेम कथामा आधारित चलचित्र ‘मायावी’को ट्रेलर हेर्ने दर्शकको संख्या उल्येख्य रहेका छन् ।
विहीबार साँझ सार्वजनिक भएको ट्रेलरमा सोमबार साँझसम्म हेर्ने दर्शकको संख्या १२ लाख नागेको छ भने ३ हजार ४सयभन्दा धेरै दर्शकले प्रतिकृया दिएका छन् ।
यही फागुन १४ गते (शिवरात्रि)देखि देशभर प्रर्दशनको तयारीमा रहेको चलचित्रमा
अभिनेता पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, नव–नायक समिम खान, राजाराम पौडेल, लक्ष्मी गिरी, रवि डंगोल लगायतको अभिनय रहेको छ ।
धेरै दर्शकले अभिनेता पल शाहको अभिनयको प्रशंसा गरेका छन् ।

‘मायावी’को ट्रेलरले युट्युब ‘फिल्म्स सेक्सन’तर्फ दुई नम्बर ट्रेन्डिङमा रहेको छ । ट्रेलरका संवादहरुमा धेरै टिकटक समेत बनेका छन् । पल शाहको प्रशंसकहरुको ट्रेलरप्रतिको मोह हेर्दा बक्स अफिसमा चलचित्रले सुखद व्यापार गर्नसक्ने आकलन गर्न सकिन्छ ।दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा ‘मायावी’मा राज कटुवाल, ध्रुव न्यौपाने र चन्द्र पन्त निर्मातामा छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।