५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


हास्य कलाकारहरुको चलचित्र ‘लाज शरणम्’प्रति दर्शकको चासो



काठमाडौं
पछिल्लो पुस्ता हास्य कलाकारहरुको चलचित्र हेर्न रुचाउछन् । दिपकराजगिरी र दिपाश्री निरौलाले बनाएको छक्का पञ्जा सिक्वेलले यो कुराको प्रमाणित गरिदिएको छ ।

हुन त ‘पूर्ण बहादुरको सारङ्गी’जस्तो दर्शक रुवाउने चलचित्र पनि बक्स अफिसमा सफल रह्यो । गत तिहारपछि कुनै पनि चलचित्रले उल्येख्य व्यापार गर्न सकेका छैनन् ।

यही फागुन १४ गते शिवरात्रीको सन्दर्भ पारेर प्रर्दशन सुरु हुन लागेको चलचित्र ‘लाज शरणम्’ पछिल्लो समय चर्चामा छ । हास्य श्रृखला ‘सक्किगोनि’ हेर्दै आएका लाखौं दर्शक यो चलचित्रको विषयबस्तुप्रति आर्कर्शित छन् ।

चलचित्र ‘लाज शरणम्’को एउटा गीत काठमाडौं महानगरका मेयर मेयर बालेन शाहले गाएपछि झनै चर्चा चुलिएको छ ।
चलचित्रको टिजर ट्रेलर रगीतलगायतका सामाग्री हेर्ने दर्शकको प्रतिकृया हेर्दा पनि चलचित्रप्रति दर्शकको सर्वाधिक चासो रहेको बुझ्न सकिन्छ ।

चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’, विजय बराल, अर्जुन घिमिरे ‘पाँडे’, हरिष निरौला ‘बले’, सागर लम्साल ‘बले’लगायत कलाकारको अभिनय हेर्न सकिन्छ । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमका सदस्यहरु रहेका छन् ।

‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल छन् भने चलचित्रको अर्का कलाकार कुमार कट्टेलले निर्देशन गरेका छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ११ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।