२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री नीता ढुंगानाले लेखिन् प्रधानमन्त्रीलाई पत्र, भनिन्,‘नेपालको इज्जत जोगाइदिनुस्’



काठमाडौं
अभिनेत्री नीता ढुंगानाले प्रधानमन्त्री केपी ओलीलाई पत्र लेख्दै देशको इज्जत जोगाइदिन आग्रह गरेकी छिन् ।
सामाजिक सञ्जालमा सार्वजनिक पत्रमा नायिका नीता ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजीज(केआइआइटी’मा नेपाली विद्यार्थीको निधन भएको सवाल उठाएकी छिन् ।
उक्त विश्वविद्यालय व्यवस्थापन समितिकी अध्यक्षले नेपाली विद्यार्थीको न्यायको मागको अपहेलना गर्दै प्रतिकार गर्ने क्रममा यस विद्यालयको बजेट जति तिमीहरूको देशको राष्ट्रिय बजेट पनि छैन भनेर नेपालको बेइज्जत गरेकी भन्दै उनले आपत्ती जनाएकी छिन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छिन्‘ खै त्यो जोश खै त्यो जाँगर, खै देशप्रति केही गर्छु भन्ने भावना । खोई त्यो दृढता आज देखिएको छैन प्रधानमन्त्री ज्यू ।’ उनी अगाडि लेख्छिन्,‘तपाईले देखाएका सपनाहरुमा, हामीले आफ्नो सपना देख्ने हो । तर, विश्वास विश्वासमा मात्र सीमित रह्यो । सपना सपनामा मात्र सीमित रह्यो । दु?ख लाग्छ हामीलाई प्रधानमन्त्री ज्यू, भर्खरै मात्र भारतको एउटा विद्यालयमा एउटा नेपाली चेलीलाई हामीले गुमाउनु पर्यो । धेरै नेपाली विद्यार्थीहरूलाई त्यहाँ कुटपिट गरेर निकालिएको छ ।’

अभिनेत्री नीताले आफूलाई प्रधानमन्त्रीसँग भेट्न मन लागेको र धेरै प्रश्नहरू पनि गर्न मन लागेको बताएकी छिन्् ।

उनले प्रश्न गरेकी छिन्–‘अन्तराष्ट्रिय मञ्चमा कहिलेसम्म यस्तै बेइज्जत हामीले खेपरिहनुपर्ने हो ? लगभग यो आरोप यथार्थ पनि हो । नेपालको हालत कसले बनायो ? विगत केही बर्षदेखि नेपालको शासक तपाइहरु कांग्रेस, एमाले, माओवादी यो बेइज्जतको जिम्मेवारी तपाइहरुले लिनुपर्ने कि नपर्ने ? विन्ती छ नेपालको इज्जत जोगाइदिनुहोस् । विन्ती छ नेपाली जनताको भावना वुझिदिनुहोस् ।’

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ८ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।