काठमाडौं । काठमाडौं महानगरपालिकाले निर्माण गरिरहेको भ्यु टावरमा विद्युत् प्राधिकरणले बिजुली काटेको छ । रत्नपार्कस्थित प्राधिकरणसँगै जोडिएको निर्माणाधीन भ्यु टावरमा बिजुली काटिएको हो ।
भ्यु टावर निर्माणमा कार्यरत मजदुरहरूका अनुसार विगत १५ दिनदेखि त्यहाँ बिजुली काटिएको हो । पार्किङमा समेत बत्ती नहुँदा मोबाइलको बत्ती बालेर निस्कनुपर्ने अवस्था रहेको उनीहरूले बताएका छन् ।







प्रतिक्रिया