११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रेस चौतारी एसोसिएट प्रदेशमा थापा



काठमाडौँ
प्रेस चौतारी नेपाल एसोसिएट प्रदेश कमिटीको अध्यक्षमा पुनः श्रीहरि थापा निर्वाचित भएका छन् ।

आज सम्पन्न दोस्रो अधिवेशनले थापालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्ने निर्णय गरेको हो । कमिटीको उपाध्यक्षमा रघुनाथ सापकोटा, स्वस्तिका थापा, महासचिवमा मनोज न्यौपाने, कोषाध्यक्षमा विक्रम सुनार र सचिवमा अजमत अली, रामजी बलामी, रमिता छुजु, सबिका श्रेष्ठ र दीपक सुनार रहेका छन् ।

यस्तै, सदस्यमा केशवराज थोकर, अशेष अधिकारी, पवन फुयाँल, विज्ञान लोहनी, नवराज भण्डारी, विगेन तुलाधर, राजेन्द्र प्रजापती, प्रवीण किराँती, विन्दु अधिकारी, नवीन गिरी, रुपक केसी, तेजनारायण महर्जन, सुप्रिया मुडभरी, बलराम बुढाथोकी, हर्कबहादुर श्रेष्ठलगायत रहेका छन् ।

यसअघि अधिवेशन उद्घाटनगर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीभित्रको अन्तर्घातकै कारण गत स्थानीय तहको निर्वाचनमा एमाले पहिलो पार्टी बन्न नसकेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रेस चौतारी कुरा गर्नेभन्दा पनि काम गर्नेको सङ्गठन बन्नुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारका मुद्दामा महासङ्घ केन्द्रित रहेको बताउनुभयो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले चौतारी श्रमजीवी पत्रकारको पक्षमा सधैँ क्रियाशील रहेको बताए ।

त्यस अवसरमा पत्रकार प्रकाश सिलवाल, डिवी खड्कालगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ७ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।