२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


रजतपटमा चलचित्र ‘होस्टेल ३’को चर्चा



काठमाडौं
नेपाली रजतपटमा धेरै चलचित्र आउछन् जान्छन् । तर कतिपय चलचित्र चर्चा योग्य हुन्छन् । यस्तै चर्चायोग्य चलचित्र श्रखला हो । चलचित्र ‘होस्टेल ३’ । यो चलचित्र निर्माण पुरा भएर प्रर्दशनको पुर्नसन्ध्यामा छ ।
यो श्रृखलाको चर्चा हुनुको कारण हो, चलचित्रमा जो जो कलाकारहरुले अभिनय गरे उनीहरु पछिल्ला चलचित्रमासफल छन् ।
चलचित्र ‘होस्टेल’को पहिलो श्रृखलाले दर्शकहरूको अपार माया पायो । यस चलचित्रबाट अनमोल केसी, सलोन बस्नेत जस्ता प्रखर कलाकारहरूको जन्म भयो । त्यसपछि प्रर्दशनमा आएको चलचित्र ‘होस्टेल रिटन्र्स’काट स्वस्तिमा खड्का, नाजिर हुसेन, सुशील श्रेष्ठ जस्ता कलाकारहरूलाई परिचित गरायो ।

अब, सोही शृङ्खलाको तेस्रो अध्याय ‘होस्टेल ३’ यही फागुन २३ गतेदेखि विश्वभर रहेका नेपाली दर्शकमाझ आउँदैछ ।

चलचित्रमार्फत पारस बम ठकुरी कुलब्वाई, गायक रिहान गिरी, जो आफैँमा गायक हुन् । ’मेरी बास्सै’ टेलि श्रेखलाको वाल कलाकार आशिष घिमिरे, बहुचर्चित कमेडी कलाकार पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुली जस्ता कलकार चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । निर्देशक शसान कँडेल यी कलाकार चलचित्र क्षेत्रमा डेव्यु गर्न लागेका हुन् । चलचित्रमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतका कलाकारहरूको पनि अभिनय छ ।
चलचित्रका दुई गीतहरू सार्वजनिक भइसकेका छन्सन्तोष राणाको ¥यापले चलचित्रको प्रचारमा सघाएको छ । यो गीत नेपालसहित कतार, युएई, र कुवेतजस्ता देशहरूमा ट्रेन्डिङमा परेकोथियो ।

अर्जुन पोखरेलको सङ्गीतमा रेश्मा पुन र उकेश रावलको स्वर रहेको दोस्रो गीत ‘मनमा अनौठो’मा पारस बम र सिम्रन पन्तको केमेस्ट्री देख्न सकिन्छ । जसले युवा प्रेमलाई सुन्दर तरिकाले चित्रित गर्छ ।

माधव शर्माले लेखेको चलचित्रको ‘स्क्रिप्टमा कलेज जीवनका वास्तविक पक्षहरूलाई कलात्मक रूपमा प्रस्तुत गरेको निर्माण पक्षको दाबी छ । शर्माले यसअघि ’ए मेरो हजुर ४’ र ’उपहार’ जस्ता चलचित्रमा लेखन टिममा रहेर काम गरिसकेका छन् ।
चलचित्रको निर्माण सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म्सको सहकार्यमा गरिएको छ, जसमा निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । सह निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता, गणेश मगर र अनीश सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन् ।
चलचित्र ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’जस्ता सफल श्रृखलापछि सिक्वेल चलचित्रकै रुपमा ‘होस्टेल ३’ निर्माण भएको हो ।

 

 

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ८ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।