चलचित्र’ताण्डवम्’को हिंसात्मक दृश्य काटेपछि सेन्सर पास भएको छ ।
केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले अत्याधिक हिंसात्मक दृश्य भएको भन्दै करिव १० मिनेट दृश्य हटाएपछि मात्रै सेन्सर पास भएको सर्टिफिकेट दिएको छ । दृश्यहरु हटाएपछि चलचित्र १ घण्टा ५९ मिनेट लामो बनेको छ ।
बोर्डबाट चलचित्रले पीजी सर्टिफिकेट पाएको चलचित्रका निर्माता तथा निर्देशक जुनिम गहतराजले ललितखबरलाई बताएका छन् ।
पीजी पाएपछि अब १६ बर्ष मुनिका वालवालिकाले आफ्ना अभिभावनसँग बसेर हेर्न पाउछन् ।
चलचित्रको दृश्य हटाउनु पर्दा निर्देशक गहतराजले दुःख व्यक्त गरेका छन् । भने, ‘हामीले देखाउन खोजेको श्रृजनामा कैची लगाउनु परेको छ । यसबाट चलचित्रको कथामा आशिंक असर परेको छ ।’
निर्देशक गहतराजले कथाको मर्म नमर्ने गरी हिंसात्मक दृश्यहरु काँट छाँट गरेर सेन्सर पास भएको दाबी गरे ।
चलचित्रमा निर्माता तथा निर्देशक जुनिम गहतराजसँगै सरिना मगरको मुख्य भूमिका रहेको छ । पुष्कर गुरुङ, प्रेम सुब्बा, अङ्कित खड्का, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको समेत चलचित्रमा अभिनय हेर्न सकिन्छ ।
चलचित्र आज शुक्रवारबाट देशभरका चलचित्र भवनहरुमा प्रर्दशन सुरु भएको छ ।







प्रतिक्रिया