काठमाडौं
गीतकार, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाहको चलचित्र ‘उफ यो मन’ अमेरिकाको बोस्टन शहरको एपल सिनेमा फ्रेशपण्ड क्याम्ब्रिजमा प्रदर्शन हुने भएको छ ।
दार्जीलिङमा छायांकन गरिएको चलचित्र ‘उफ यो मन’ त्रिकोणात्मक प्रेम कथामा आधारित छ । चलचित्रमा नेपाल बाहिर बस्ने नेपालीहरुको माया प्रेमको कथा समेटिएको छ । चलचित्रलाई पहिलो पटक अमेरिकाबाट प्रदर्शन सुरु गरिएको निर्माता शाहले जानकारी दिएका छन् ।
‘हामी यो चलचित्रलाई अमेरिकाबाट प्रदर्शन सुरु गर्नेछौ त्यसपछि नेपाललगायत विश्वभर प्रदर्शन गर्ने तयारी गरेका छौँ,’ अनुले भनिन् । बोस्टन पछि अमेरिकाको विभिन्न मुख्य शहरहरुमा चलचित्र प्रदर्शनको तयारीमा रहेको छ।
अनुराधा फिल्मस् इन्टरनेशनलको निर्माण रहेको यो चलचित्रलाई निर्देशक सुरज चन्दले निर्देशन गरेका हुन् । चलचित्रमा नायक एसराज गराच, नायक रोहित रुम्बा, यमी दाहाल, समिता गिरी, दीपक क्षेत्री, पुकार गुरुङलगायतका कलाकारको अभिनय छ ।
बिगत लामो समय देखि चलचित्र वितरण गर्दै आउनुभएको चलचित्रप्रेमी, वितरक तथा लोकप्रिय डिजे मुकुन्द पोखरेलले बोस्टनमा चलचित्र प्रदर्शनको व्यवस्थापन गरेका छन् ।







प्रतिक्रिया