चर्चित हास्यकलाकार हरिवंश आचार्यको बहुप्रतिक्षित चलचित्र ‘भूठान’को टिजर सार्वजनिक भएको छ ।
सार्वजनिक भएको टिजरमा हरिवंश आचार्य बिल्कुल नयाँ अवतारमा प्रस्तुत भएका छन् ।
अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश गम्भीर भाव र मुद्रामा देखिएका छन् जहाँ उनी आफनो देश फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको मानसिक रोगी भएको देखाईएको छ ।
एक दृश्यमा दयाहाङ र जोयश पाण्डेले दाजुभाइ रहेको र बाबुको लाशलाई गाड्ने कि जलाउने भनेर वादविवाद गर्दै गरेको देखिन्छ। सो दृश्यले चलचित्रमा यो विवादको अन्त्य कसरी होला भन्ने कौतुहलता प्रदान गरेको छ ।
चलचित्रमा अभिनेत्री ऋचा घिमिरे आमाको भूमिकामा देखिएकी छिन्।
हलिउडका विश्वविख्यात अभिनेता ब्रूस डर्न पनि पहिलो पटक नेपाली निर्देशकले बनाएको चलचित्रमा देखिएका छन् ।
चलचित्रको टिजरमा हरिवंश आचार्यले अभूतपूर्व अभिनय र भूमिका निर्वाह गरेको देखिन्छ ।
टिजरमा देखिएको छाँयाकन कारण हलिउडकै चलचित्र रहेको भान हुन्छ ।
चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द –लामा , रिचा घिमिरे, जोएस पाण्डे, ,अदिति प्याकुरेल, टम क्रेन ,विमल सुवेदीसँगै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले विशेष भूमिकामा छन् ।
चर्चित चलचित्र “बुलबुल” निर्देशक विनोद पौडेलको यो दोस्रो चलचित्र हो । यस चलचित्रको निर्माता अविरल थापा,राजेन्द्र ठकुराठी,अमिताव जोशी,ुसुशांक मैनाली र किर्तना बाँस्कोटा छन् ।
भुटानदेखि नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र थातथलो छोडेर विदेशमा बस्नुपर्दा आफनो जन्म घर हराएको सबै आप्रवासीको पिडा प्रस्तुत गरेको छ । यो चलचित्र वैशाख १२ ,२०८२ मा संसारभर प्रदर्शनमा आउनेछ ।







प्रतिक्रिया