२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘फेरि रेशम फिलिली’को सिक्वेल प्रर्दशनको तयारीमा



काठमाडौँ
विसं २०७२ सालमा वैशाख ११ गते प्रदर्शन भएको चलचित्रले पहिलो दिनमा एक करोडको हाराहारीमा ‘ग्रस’ व्यापार गर्न सफल भएको थियो । दोस्रो दिनमै भूकम्पका कारण प्रदर्शन रोकिए पनि सुरुआती समयमा भएको व्यापारको चर्चा पछिसम्म भयो ।
सोही कारण यसको ‘सिक्वेल’ नौ वर्षपछि ‘फेरि रेशम फिलिली’ को निर्माण गरिएको छ । यस शृङ्खलाका अभिनेता तथा निर्माता विनय श्रेष्ठले दर्शकको अपेक्षा अनुसारको विषयवस्तु तयार गर्न समय लागेको बताएका छन् ।
“दर्शकका कारण लोकप्रिय बनेको चलचित्रको अर्को भाग व्यापारिक मात्र नभई सृजनात्मक रुपमा पनि बलियो होस् भनेर पटकथामा मेहनत गरेका छौँ । यसले अहिलेको युवापुस्तामा बढ्दो विदेश मोह र त्यसले निम्त्याउने समस्यालाई देखाइएको छ । विषय गम्भीर भएपनि प्रस्तुतीकरण  मनोरञ्जनात्मक छ” उनले भने ।
चलचित्रमा देखिएका दुई पात्र रेशम र हरिया हाम्रो युवाका प्रतिनिधि हुन् । त्यसैले हामीले विदेशिने मोहले निम्त्याउने परिस्थितिलाई व्यङ्गयात्मक शैलीमा प्रस्तुत गरेका छौँ
‘रेशम फिलिली’ कै पात्र र परिवेशलाई ‘फेरि रेशम फिलिली’ मा निरन्तरता दिएको अभिनेता श्रेष्ठले बताएका छन् । निरोज महर्जनको पटकथा र निर्देशन रहेको चलचित्रमा अभिनेता श्रेष्ठसँगै, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रवीन्द्र झा, शिशिर बाङ्देल, महेश त्रिपाठीलगायतले अभिनय गरेका छन् । निर्देशक महर्जनले नौ वर्ष अगाडी दर्शकले रुचाउनुभएको पात्रको निरन्तरता दिएर अहिलेको परिवेश चलचित्रमा देखाएको बताउएका छन् ।
“चलचित्रमा देखिएका दुई पात्र रेशम र हरिया हाम्रो युवाका प्रतिनिधि हुन् । त्यसैले हामीले विदेशिने मोहले निम्त्याउने परिस्थितिलाई व्यङ्गयात्मक शैलीमा प्रस्तुत गरेका छौँ”, निर्देशक महर्जनले भने ।
चलचित्रलाई रौनकविक्रम कँडेलले निर्माण गरेका छन् । यो चलचित्र शिवरात्रिको अवसर पारेर यही फागुन १४ देखि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
नौ वर्षअघि प्रदर्शन गरिएको ‘रेशम फिलिली’ चलचित्रमा समावेश गीत ‘पिरतीको जालमा’ ले सङ्गीतकार कालीप्रसाद बाँस्कोटालाई स्थापित गरेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  १ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।