ललितखबर
एकाएक सामाजिक सञ्जाल टिकटकबाट स्टार बनेका पारस बम ठकुरी ‘कुलव्याई’ चलचित्रमा डेव्यु गरेका छन् । स्वस्तिमा खड्का, अनमोल केसी,सलोन बस्नेतजस्ता चर्चित कलाकार उत्पादन गरेको होस्टेल सेरिजमार्फत उनी चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् ।
यही फागुन २३ गतेबाट ‘कुलव्याई’ चलचित्र ‘होस्टेल ३’मा देखिनेछन् । सोही चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा उनी भावुक अवस्थामा प्रस्तुत भए ।
गाँउघरमा हुर्केको एउटा केटा आज चलचित्रको अभिनेता बनेर चलचित्र भवनमा उभिदा उनले गर्व लागेको अनुभव सुनाए । मोवाइलबाट भिडियो खिचिरहेका आफू धेरै क्यामेराअघि उभिएर बोल्दा नर्भस उनी थिए ।
उनलाई वाल्यबालदेखि देख्ने दिदीहरु समेत चलचित्र भवनमा सहभागी थिए । उनीहरुलाई हेर्दैै कुलव्याईले भने, ‘मलाई देखेर दिदीहरुलाई गर्व महसुस भइरहेको होला । मेरी आमाले यही कुरा हेर्दा कति धेरै खुशी लाग्छ होला ?’
कुलव्याई आफू टिकटकर भएकोमा गर्व महसुस गर्ने रहेछन् । आफूलाई टिकटकबाट आएको एउटा कलाकारको रुपमा चिनाउन चाहेको अनुभव बाँडे ।
टिकटकर कुलव्याईलाई चलचित्रको पात्र सुवाउने देखेर लिएको निर्देशक सशान कँडेलले बताए । भने,‘टिकटक बन्द भएको बेला उनी चलचित्रमा प्रवेश गरेका हुन् । उनले भने,‘टिकटकबाट प्रमोसन गरिदिलान् भनेर चलचित्रमा लिएको होइन । उनी चलचित्रमा पात्र र चलचित्रको आधारमा अभिनय गरेका छन् ।’ चलचित्र हेरेपछि कुलव्याई नै किन भन्ने थाहा पाइने उनको भनाई छ ।







प्रतिक्रिया