१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


त्रिशूलीमा खसेका रोहितको शव ९ दिनपछि फेला



काठमाडौं । त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ । उनको शव नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै फेला परेको हो ।

उनको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो । उक्त शव रोहितकै भएको परिवारले पुष्टि गरिसकेका छन् । लमजुङको सुन्दबजार गाउँपालिका–३ चन्द्रेश्वर स्थायी घर भएका २७ वर्षीय रोहित फागुन २ गते बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकलमा नारायणगढबाट काठमाडौँ जाँदै गर्दा चितवनको इच्छाकामना गाउँपालिका–५ चट्टानेभीरमा दुर्घटनामा परेका थिए।

मोटरसाइकल सडक छेवैको डिभाइडरमा ठोक्किँदा त्रिशूलीमा खसेका थिए । मोटरसाइकल भने सडकमै थियो । भारतीय सेनामा कार्यरत राना छुट्टिमा घर आएका बेला दुर्घटनामा परेका हुन् ।

रानाको शव अहिले पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।