१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


हास्यकलाकार सजन श्रेष्ठले धम्की आएको भन्दै उजुरी दिन पुगे प्रहरी कार्यालय



काठमाडौं
हास्यकलाकार सजन श्रेष्ठ आफू र आफ्नो परिवारलाई धम्की आएको भन्दै उजुरी लिएर प्रहरी कार्यालय पुगेका छन् ।

श्रेष्ठले आइतबार प्रहरीको साइबर ब्युरो भोटाहिटी पुगेर उजुरी दिएका हुन् । उनले रिदय ताम्राकार नामक फेसबुकबाट आफूलाई अनि दिदीहरूलाई पनि धम्की दिएको उल्येख गरेका छन् । उनले दोषीलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कारबाही गर्न माग गरेका छन् ।
उनले केही दिनअघि आफूले एन्जाइटीको औषधि खाइरहेको बताउदै आफूलाई धम्क्याए पनि सहेको तर परिवारलाई समेत धम्क्याएपछि उजुरी दिन लागेको बताएका थिए ।
उनले भिडियो सन्देश जारी गर्दै आफ्नो दिदीहरुलाई धम्क्याएको विषयलाई गम्भिर रुपमा लिएका बताएका छन् । उनले दिदीको तस्विर नै राखेर अपराधिक कृयाकलाप गरिदिने धम्की दिएको उजुरीमा उल्येख गरेका छन् । जुन उजुरीको प्रति उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक नै गरिसकेका छन् ।

गएको फागुन ४ गते भिडियो फेसबुकमा अपलोड गरेको र त्यसको एक दिनपछि रिदय ताम्राकार नामक फेसबुक प्रोफाइलले आफ्नो परिवारको फोटो राखेर धम्क्याएको बताएका छन् ।
हास्यकलाकार श्रेष्ठले आफुले सो विषयमा माफी मागेको र विषय मिलिसकेको सन्दर्भमा फेरि बल्झन थालेको बताएका छन् ।
गत साता सजनसहित अर्का कमेडियन उत्सव सापकोटा, पडकास्ट सुशान्त प्रधान लगायत विरुद्ध गायक कुमा सागरलाई गिज्याएको आरोपमा काठमाडौँ प्रहरी परिसरमा उजुरी परेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।