लमजुङ
लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर भुकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
भुकम्प ३ दशमलव १ स्केल रेक्टरको मापन भएको केन्द्रको भनाई छ ।
आज बिहान ९ बजेर ११ मिनेट जाँदा भुकम्प गएको हो ।
भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको थियो ।
पछिल्लो समय पश्चिम नेपालका विभिन्न स्थानमा लगातार भुकम्प गइरहेको छ । करिव ५ सय बषदेखि नेपालको पश्चिमी क्षेत्रमा ठूलो विनासकारी भुकम्प नभएको भन्दै विज्ञहरुले सचेत रहन आग्रह गर्दै आइरहेका छन् ।








प्रतिक्रिया