२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘ताण्डवम्’ समिक्षा : उत्कृष्ट कथावस्तु, कमजोर प्रस्तुती



निर्देशक, निर्माता र अभिनेताको बोझ लुलिम एक्लैले बोकेका कारण चलचित्र तुलनात्मक रुपमा कमजोर बनेको विश्लेषण गर्न सकिए पनि प्रयास भने राम्रो छ

ललितखबर
महेश ढुंगा खानीबाट ढुंगा ओसारपसराको काम गर्छ । हिमानी उसकी श्रीमती । महेश हिमानीलाई सानू भनेर बोलाउछ । अनि औधि मायाँ पनि गर्छ । ऊ भर्खरै गर्ववती भएकी छे ।
एक रात महेश सामान लिएर इटहरी गएको बेला झपडीमा अकल्पनिय घटना घट्छ । यही घटनापछि चलचित्रमा ताण्डव मच्चिन्छ ।
लामो समयदेखि चलचित्रमा रंग संयोजन गर्दै आएका जुलिम गहतराजको निर्देशनमा निर्माण भएको चलचित्र ताण्डवम् शुक्रबारबाट देशभरिका चलचित्र भवनहरुमा प्रर्दशन सुरु भएको छ ।
उनकै निर्माणमा बनेको चलचित्रमा जुलिम महेश पात्रको समेत अभिनय गरेका छन् । चलचित्रमा अंकित खड्का घैटे पात्रको रुपमा खलनायक रहेका छन् भने अभिनेत्री सरिना मगर हिमानी ।

 

सवाल चलचित्रले कति व्यापार गर्ला भन्ने होइन,निर्देशक र कलाकारहरुले चलचित्रकति श्रृजनात्मक र कलात्मक बनाए भन्ने हो

सवल पक्ष
निर्देशक गहतराजले एउटा सामान्य कथाबस्तुलाई चलचित्रमा रोचक ढंगले प्रस्तुत गर्ने कोशिस गरेका छन् । सोझो गाँउले युवकले अन्याय र अत्याचार भोग्नु पर्दा आउने परिणामलाई चलचित्रको कथाबस्तु बनाइएको छ । पछिल्लो पुस्ताले भोग्नु परेको अबैध प्राकृतिक साधन श्रोतमाथिका दोहन गर्ने नवसामन्तहरुको चरित्र पनि चलचित्रमा देख्न पाइन्छ । समाजका ठालु भनाउदाहरुले कसरी लाभ लिएका छन् भन्ने तथ्यलाई पनि चलचित्रमार्फत बुझाउन खोजिएको छ ।
चलचित्रको अन्त्य रोचक छ । अन्तिमको ३० मिनेट दर्शकलाई चलचित्रले बाँधेर राख्छ । चलचित्रभित्रका सारा रहस्य अन्तमा खुल्दा मज्जा आउँछ ।


दुर्बल पक्ष
चलचित्रका निर्देशकको काम आलोकाँचो छ भन्ने ट्रेलरबाट खुल्छ । ट्रेलरले चलचित्रको कथाबस्तु लुकाएर रोचक पक्ष सार्वजनिक गर्नु पर्नेमा ट्रेलरमै सबै कथा पात्रको चरित्र र कथाबस्तु सार्वजनिक गरिएको थियो ।
मध्यान्तरसम्म चलचित्र असाध्यै सुस्त गतिमा अघि बढाइएको छ । पृष्ठभूमिको घटनाक्रमलाई सविस्तार अघि बढाउन लामो समय खर्चिदा दर्शकलाई हलमा बोर हुन्छ । १ घण्टा ५९ मिनेटको चलचित्र कहिले सकिएला जस्तो लाग्छ ।
चलचित्रका पात्रहरु स्थापित गर्न निर्देशकले मेहनत गरेका छैनन् । महेशको सोझोपन र क्रोध र बदलाको भाव अभिनयमा झल्किदैन ।

 

महेश र घेटेको द्वन्द्वको दृश्य गोरु जुधाईभन्दा कमजोर लाग्छ । चलचित्रमा डरलाग्दा क्रुर दृश्य छन्

चलचित्रको कथा बस्तु छनौटमा खोट देखाउने ठाँउ नभएपनि चलचित्रको प्रस्तुती, कलाकारको अभिनय र कलात्मक दृष्टिकोणमा समस्या छ । चलचित्रको प्राविधिक पक्ष पनि कमजोर छन् । कलाकारको संवादशैली परिपक्क छैन ।
चलचित्रको द्वन्द्वको दृश्यले दर्शकको आँखा बिझाउँछ । सम्राट बस्नेतको द्वन्द्वमा खोट देखिन्छ । महेश र घेटेको द्वन्द्वको दृश्य गोरु जुधाईभन्दा कमजोर लाग्छ । चलचित्रमा डरलाग्दा क्रुर दृश्य छन् । क्रुरताभन्दा चलचित्रमा आवाज र क्यामेराको ए.गलको प्रयोगबाट कलात्मक दृश्य दिन सकिन्थ्यो । डर पैदा गर्नु अघि निर्देशकले आफ्नो कला प्रयोग गरेर खुबी देखाउन सक्नु पथ्र्यो ।


चलचित्रभित्र लामो समयसम्म क्रुर दृश्य देखाइएको छ । जसका कारण दर्शकले थोरै मनोरञ्जन धेरै पिडाको दृश्यबाट डर महसुस गर्छन् ।
चलचित्र हेरिहँदा पटकथा र संवादमा थोरै मेहनत गरेको महसुस हुन्छ । कथालाई खहरेखोलाजस्तै सलल बग्न दिन कथाकारले समय खर्चेका छैनन ।
यद्यपी चलचित्रमा डरलाग्दा दृश्य धमिलो बनाएर आवाजले धेरै कुरा बुझाउन खोजिएको छ । यसबाट दर्शकको आँखा बिझाँउदै हृदय ढक्क फुल्दैन ।
चलचित्रमा भट्टी पसेर रक्सि साइरहेको धेरै दृश्य छन् । जुन हेर्दा हेर्दा झिजो लाग्छ । चलचित्रको दृश्यभाषा कमजोर छ ।


जुलिम गहतराज
चलचित्रमा चरित्र स्थापित गर्नु त परको कुरा जुलिमको अभिनयभित्र नर्भस लुकेको छैन । उनले धेरै ठाँउमा संकोचलाग्दो अभिनय गरेका छन् । चलचित्रमा महेश पात्र निरन्तर रुन्छ तर दर्शकको मन छुन सक्दैन । चलचित्र हेरिरहँदा जुलिमको हिरो बन्ने रहरले धेरै कुरा बिग्ैको महसुस हुन्छ ।


सरिना मगर
अभिनेत्रीको रुपमा चलचित्रमा देखिएकी कलाकार सरिनाको भूमिका छोटो छ । उनी एउटा सामान्य टेलिचलचित्रको कलाकार झैं प्रस्तुत भएकी छिन् । उनले श्रृजनात्मक रुपमा पात्रको चरित्र प्रस्तुत गर्न चुकेको देखिन्छ । संवादशैली पनि कमजोर छ ।

अंकित खड्का
सिंगै चलचित्रको भार बोकका खलपात्र अंकितको चरित्रचित्रण पनि दमदार छैन । सधै साइड रोलमा देखिने अंकितले आफूले चलचित्रको भार अनुसारको चरित्रमा उतारेका छैनन् । चलचित्रले पात्रलाई थप परिपक्क र दमदार प्रस्तुती माग गरे पनि उनी खरो रुपमा उत्रेको देखिएन ।

 

हरिबहादुर घलेको सिनेमेट्रोगाफी सामान्य छ । रातको दृश्यमा गिन्स फाटेको फुजेट भेटिन्छन्

प्रविधि
चलचित्रलाई प्राविधिक दृष्टिकोणबाट पनि राम्रो भन्ने भेटिन्न । संगीतकार सुशान्त गौत्तमको गीत संगीतले चलचित्रलाई डोहो¥याएको छैन । पार्शसंगीत पनि मिठो लाग्दैन । हरिबहादुर घलेको सिनेमेट्रोगाफी सामान्य छ । रातको दृश्यमा गिन्स फाटेको फुजेट भेटिन्छन् । डिओपीले राम्रो अपार्चर क्षमताको लेन्स चलाउनु जरुरी देखिएको छ ।
अन्तमा,
डेव्यु निर्देशक जुलिम गहतराजले एउटा राम्रो चलचित्र बनाउन मेहनत गरेका छन् । निर्देशकले छनौट गरेको कथाबस्तु लोभलाग्दो छ । चलचित्र हेरिरहँदा निर्देशक जुलिमले मेहनत गर्दै आफुलाई प्रमाणित गर्न सक्ने ठाँउ देखाएका छन् । सवाल चलचित्रले कति व्यापार गर्ला भन्ने होइन,निर्देशक र कलाकारहरुले चलचित्रकति श्रृजनात्मक र कलात्मक बनाए भन्ने हो । निर्देशकको चलचित्रमा रहेको विषयबस्तुको दृष्टिकोणबाट हेर्दा सामान्य सन्तुष्ट हुने ठाँउ भेटिन्छ ।
निर्देशक, निर्माता र अभिनेताको बोझ जुलिम एक्लैले बोकेका कारण चलचित्र तुलनात्मक रुपमा कमजोर बनेको विश्लेषण गर्न सकिए पनि प्रयास भने राम्रो छ ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १२ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।