काठमाडौं । सोमबार सेयर बजार अंकले ३ उकालो लागेको छ । यस दिन परिसुचक बढेर २७५८ बिन्दुकमा पुगेको छ । आज २ करोड कित्ता सेयर किनबेच हुदा ११ अर्बको कारोबार भएको छ ।
यसदिन कारोबारमा आएका ९० कम्पनीको सेयर बढेको छ भने १४५ कम्पनीको सेयर घटेको छ । यस्तै ९ कम्पनीको सेयर कारोबार स्थिर रहेको छ । यस दिन कारोबारका आधारमा हिमालय रि इन्सुरेन्स एक्लैले झण्डै १ अर्बको कारोबार गर्यो । आज हिमालय रि इन्सुरेन्सले ८९ करोडको कारोबार गर्दा नेपाल रि इन्सुरेन्सले ८० करोडको कारोबार गरे ।
यसदिन गार्डियन माइक्रो लाइफको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने ह्विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले घट्यो ।
यसदिन बैंकीङ, लगानी, निमार्ण, उत्पादन र प्रशोधन र अन्य सुचक बढेका छन् भने विकासबैंक, फाइनान्स, हाइड्रोपावर, होटल एण्ड पर्यटन, माइक्रो फाइनान्स र ट्रेन्डीङ सुचक घटे भने , लाइफ इन्स्युरेन्स, नन लाइफ इन्सोरेन्स, ट्रेन्डीङ, म्युचल फण्ड, घटेका छन् ।
प्रतिक्रिया