२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘लाज शरणम्’ को अग्रिम बुकिङ खुला: देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो



काठमाडौं । चलचित्र ‘लाज शरणम्’ को अग्रिम बुकिङ खुला भएको छ। बुधबारबाट रिलिज हुने चलचित्रको सोमबार बुकिङ खुला भएको हो। यो चलचित्रले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ। देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा ६५ शो पाएको छ। क्यूएफएक्सका काठमाडौं उपत्यकाका आउटलेटमा २९ र काठमाडौं उपत्यका बाहिर ३६ शो पाएको छ।

विग मुभिजले ५, एफक्यूब सिनेमाजले ४, बीएसआरले ४ शो दिएका छन्। आईएनआई र वान सिनेमाजले शो बाँडफाँट गर्न बाँकी छ। हालसम्म शो खुलेका हलमा ‘लाज शरणम्’ ले १०१ शो पाएको खल्ती एपबाट देखिएको छ।

‘लाज शरणम्’ वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो। चलचित्र महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउँदैछ। लोकप्रिय हास्य टेलिश्रृंखला सक्किगोनिको टिमले निर्माण गरेको यस चलचित्रमा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन्। चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन्।

विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ। जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन्।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ७ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।