१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


केबुलकार निर्माणको विरोधमा रहेको समुहलाई वार्तामा आउन आग्रह



काठमाडौं । सरकारलाई ताप्लेजुङको पाथीभारामा केबुलकार निर्माणको विरोधमा रहेको समुहलाई वार्तामा बोलाएको छ । गृहमन्त्रालयका सह-सचिव प्रेमप्रसाद भट्टराईले सोमबार एक सूचना जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका हुन् ।

”आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताबाटै उक्त केबुलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने’, विज्ञप्तिमा भनिएको छ, ‘वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन अनुरोध गर्दछु ।’ बार्ता टोली संयोजक एवम् मन्त्रालयका सह सचिव भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि माघ २२ गते बसेको २ पक्षीय वार्ताले केबुलकार निर्माण कार्य तत्काललाई स्थगित गर्दै ६ बुँदे सहमति भएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ७ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।