२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


महानायक राजेश हमालको ‘गफाडी गफ’ र कट्टुको चर्चा



ललितखबर
महानायक राजेश हमालको नाममा सयौं जोक बनेका छन् । त्यही जोकमा उनी पनि रमाउछन् । बेला बेलामा उनी ख्यालठट्टा अनि हाँसीमजाक गर्छन् ।
उमेर ढल्केपछि उनको मोडल मधु भट्टराईसँग विवाह भयो । यो उमेरसम्म पनि उनको बच्चा जन्मेको छैन । धेरै सार्वजनिक कार्यक्रममा उनको अगाडि यो प्रश्न आउँछ । महानायक हमाल हाँसोमा उडाइदिन्छन् ।

 

सोमबार राजधानीको किर्तिपुरस्थित एक चलचित्र भवनमा आयोजना गरिएको प्रिमियरमा सहभागी महानायक हमालसँग पत्रकारहरुले त्यही प्रश्न दोहो¥याए ।
महानायक हमालले आफूलाई राजाराम पौडेलभन्दा जवान भएको ‘गफाडी गफ’ सुनाए । सँगै बसेका राजाराम पौडेललाई गफाडी गफ मन परेनछ । उनले महानायक हमाललाई हाँसोमा उडाउदै भनिदिए, ‘तपाई आज कट्टु लगाएर आउनु पर्ने ।’
राजेश हमालले पनि हाँस्दै भने, ‘कट्टु पनि छ । तर देखिएको छैन ।’
महानायक हमाल व्यक्तिगत प्रश्नको उत्तर दिन चाहँदैनन् । तर पत्रकार प्रश्न गर्न पनि छोड्दैनन् । सधै सस्तो जोक्समा रमाउछन् । सधै सस्तो जोक्समा महानायक जस्तो व्यक्तिलाई सुवाउदैन कि ?

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ९ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।