१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मायावी’को राजधानीमा भव्य प्रिमियर(तस्विरहरु)



चापागाँउ
चलचित्र ‘मायावी’को राजधानीको किर्तीपुरस्थित एक चलचित्र भवनमा भव्य प्रिमियर आयोजना गरिएको छ ।


सोमबार साँझ चलचित्र भवनपरिसर फूलै फुलले सझाइएको थियो भने सहभागी पाहुनालाई हाकुपटासी लगाएका स्थानीय कलाकारहरुको धिमेबाजाको धुनले स्वागत गरिएको थियो ।
प्रिमियरमा पुर्वमिस नेपाल उषा खड्गीदेखि महानायक राजेश हमालसमेत सहभागी थिए ।


प्रिमियरमा चलचित्रकी अभिनेत्री दिपिका प्रसाई बेहुली झैं सझिएकी थिइन् भने अभिनेत्री करिष्मा श्रेष्ठको हट ड्रसअफ हेर्नलायक थियो ।
चलचित्र हेरेपछि कलाकारहरुले चलचित्रको प्रशंसा गर्दै राम्रो लागेको प्रतिकृया दिए ।


प्रिमियरस्थलमा पत्रकार तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थित रहेको थियो ।

    

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १० : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।