३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बिहीबारदेखि काठमाडौंमा विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने



काठमाडौं । बिहीबार (फागुन १५) देखि करिब एक हप्तासम्म काठमाडौं उत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सदृढीकरण आयोजना खरिपाटी, भक्तपुरका अनुसार बिहीबारदेखि विभिन्न ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुँदैछ ।

प्राधिकरणका अनुसार बानेश्वर र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति अवरुद्ध हुन लागेको हो ।

विद्युत् बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अर्थात् दैनिक ५ घण्टा विद्युत् आपूर्ति बन्द हुनेछ ।
१५ र १६ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्म, १७ गते भत्केको पुल (चाबहिल) वरिपरिका क्षेत्रमा बिजुली काटिनेछ ।

त्यस्तै, १८ गते त्रिभुवन विश्वविद्यालयवरिपरि क्षेत्र, १९ गते रातोपुलदेखि गौशालासम्म र २० गते बल्खु चोकदेखि त्रिभुवन विश्वविद्यालयको गेटसम्मका क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । साथै मौसम प्रतिकूल रहेमा सटडाउन नहुने पनि प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १० : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।