१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेमा बस दुर्घटना, १७ जना घाइते



काठमाडौं । काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको बस काभ्रेमा दुर्घटना भएको छ। अरनिको यातायातको प्रदेश ३, ००१–००५ ख ९९४२ नम्बरको बस आज बिहान धुलिखेल नगर पालिका १० सारादा बतासेस्थित विपि राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

आफैँ अनियन्त्रित भई सडकको नालीमा पल्टिएर बस दुर्घटना हुँदा बसमा सवार चालक र सह–चालकसहित१७ जना घाइते भएका हुन्। उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बसमा २४ जना यात्रु सवार रहेका थिए। घाइतेहरूमध्ये चालक र सह–चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १० : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।