१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरण: सशस्त्रकै इन्स्पेक्टर जोशी पक्राउ



काठमाडौं । कास्कीमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महत मृत्यु प्रकरणमा सशस्त्रकै अर्का इन्स्पेक्टर विवेक जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बलको ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले इन्स्पेक्टर विवेकविरुद्ध आत्महत्या दुरुत्साहन आरोपमा कास्की जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो ।

सोबमोजिम अनुसन्धानका लागि २३ नं।गण तनहुँमा कार्यरत इन्स्पेक्टर जोशीलाई सोमबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, डीएसपी वसन्त शर्माले जानकारी दिए । ‘अहिले उनी कास्की प्रहरीको नियन्त्रणमा छन्’, डीएसपी शर्माले भने ।

परिवारले दिएको जाहेरीमा सन्तोषीसँग जोशीको प्रेम सम्बन्ध रहेको र उनकै कारण सन्तोषी आत्महत्या गर्ने अवस्थामा पुगेको दाबी गरिएको छ । उक्त घटना छानबिनका लागि डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति पनि गठन गरिएको छ ।

इन्स्पेक्टर जोशी महतभन्दा एक ब्याच सिनियर हुन् । इन्स्पेक्टर सन्तोषी कास्कीको पोखरास्थित सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिम गरिरहेकी थिइन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १२ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।