२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


१८औं महाशिवरात्री विश्वसंगीत महोत्सव आयोजना गरिँदै



काठमाडौं । नमस्ते ब्याण्डले सञ्चालन गरिरहेको संस्था नमस्ते सांस्कृतिक संगीत प्रशिक्षण केन्द्रले १८औं महाशिवरात्री विश्वसंगीत महोत्सव आयोजना गर्ने भएको छ ।
नमस्ते ब्याण्डका गायक इश्वर गुरुङको संयोजकत्वमा १८औं महाशिवरात्री विश्वसंगीत महोत्सव–२०२५ आयोजना गर्न लागिएको हो ।

कार्यक्रमको आयोजन अन्तर्गत देशविदेशका दर्जनौं गायक गायिका र ब्याण्डहरुले काठामाडौंको एलडिओ र पोखराको हलन चोकमा कन्सर्टको आयोजना गरिँदैछ । काठमाडौंमा फागुन १४ गते र पोखरामा फागुन १७ गते कन्सर्ट हुँदैछ । शान्ति, संस्कृति, एकता, पर्यटन र संगीतको प्रवद्र्धनको लागि कार्यक्रमको आयोजन हरेक वर्ष आयोजना हुँदै आएको छ ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।