१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कुलमान घिसिङलाई ऊर्जामन्त्री खड्काले फेरि सोधे २४ घण्टे स्पष्टीकरण



काठमाडौं । ऊर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई २४ घण्टे स्पष्टिकरण पेश गर्न निर्देशन दिएका छन्। मन्त्री खड्काको सचिवालयले घिसिङलाई ‘तपाईंलाई किन नहटाउने’ भन्दै जवाफ पेश गर्न भनेको जनाएको छ।

यसअघि, सरकारको निर्देशन नमानेको आरोपमा ऊर्जा मन्त्रालयले घिसिङलाई पदबाट हटाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो। सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय नगरेपछि मंगलबार ऊर्जा मन्त्रालयले उनको जवाफ माग गर्दै २४ घण्टे स्पष्टिकरण सोधेको हो।

यसअघि, उर्जा मन्त्रालयले कुलमान घिसिङलाई २२ पुस र २८ पुसमा समेत स्पष्टिकरण सोधेको थियो। उक्त जवाफ चित्तबुझ्दो नपरेपछि, तेस्रोपटक पुनः २४ घण्टे स्पष्टीकरण मागिएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ६ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।