२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


चापागाँउमा सम्झना सहकारीद्वारा नि:शुल्क विउविजन वितरण



शेयर सदस्यलाई सहकारीमार्फत उत्पादनमा उत्प्रेरणा जगाउन हरेक बर्ष विउ विजन वितरण कार्यक्रमलाई निरन्तरता दिएका छौं । हामी अझैं प्रभावकारी रुपमा किसानलाई सहयोग गर्न तत्पर छौं

चापागाँउ
झण्डै ८० प्रतिशत महिला किसानहरु सदस्य रहेको सम्झना कृषि सहकारीले चापागाँउमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर किसानका लागि निःशुल्क विउविजन वितरण गरेको छ ।
चापागाँउ टाहाखेलस्थित कार्यलय परिसरबाट करिव २ हजार २ सय सदस्यहरुलाई विउ विजन वितरण गरिएको सहकारीका सहकारीका कार्यकारी प्रमुख पुरुषोत्तम हुमागाईले ललितखबरलाई बताएका छन् ।
सहकारीको कोषमार्फत करिव २ लाख ५० हजार रुपैयाँ बराबारको विउविजन वितरण गरिएको कार्यकारी प्रमुख हुमागाँइले बताएका छन् । उनका अनुसार बर्षे बाली लगाउने सिजन सुरु हुनु अगाडि नै विउ वितरण गर्दा किसानले लाभ लिने देखेर सो कार्यक्रम गरिएको छ । कार्यकारी प्रमुख हुमागाँईले भने,‘शेयर सदस्यलाई सहकारीमार्फत उत्पादनमा उत्प्रेरणा जगाउन हरेक बर्ष विउ विजन वितरण कार्यक्रमलाई निरन्तरता दिएका छौं । हामी अझैं प्रभावकारी रुपमा किसानलाई सहयोग गर्न तत्पर छौं ।’
सहकारीका व्यवस्थापक विकास विष्टले विउविजन विभिन्न समूहमार्फत वितरण हुने जानकारी दिदै शेयर सदस्यहरुलाई समूहका अध्यक्षलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।
हुमागाईले आफ्नो सहकारीले किसानको हितमा विभिन्न वित्तीय कारोबार गरिरहेको बताएका छन् । अधिकाशं महिला किसानले कारोबार गर्दै आएका सहकारीको वित्तीय अवस्था मजबुत रहेको उनको भनाई छ ।
सहकारीले मुक्तिनाथ कृषि कम्पनीको सहकार्यका भर्खरै कृषि सामाग्री बिक्रि केन्द्र समेत शुभारम्भ गरेको छ । किसानलाई आधुनिक कृषि प्रणालीमा प्रवेश गराउने लक्ष्यमा साथ सुरु गरिएको सो बिक्रि केन्द्रप्रति शेयर सदस्यहरुको चासो र उत्सुकता रहेको छ । कारोबार सुरु भइसकेको कार्यकारी प्रमुख हुमागाईले बताएका छन् ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  १ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।