पछिल्लो समय चाडपर्वको अवसरपारेर चलचित्र प्रर्दशन गर्न निर्माताहरुको प्रतिश्पर्धा चल्न थालेको छ
काठमाडौं
चलचित्र ‘वरिष्ठ बलराम’ले लक्ष्मी पूजाका दिनदेखि प्रर्दशन सुरु हुने भएको छ । शिवरात्रीको अवसर पारेर बुधबार अबेर साँझ शिर्षक टिजर सार्वजनिक गर्दै निर्माणपक्षले प्रर्दशन मिती घोषणा गरेको हो ।
पछिल्लो समय चाडपर्वको अवसरपारेर चलचित्र प्रर्दशन गर्न निर्माताहरुको प्रतिश्पर्धा चल्न थालेको छ । आउँदो दशैंको अवसर पारेर करिव एक दर्जन चलचित्रका निर्माता प्रर्दशनका लागि इच्छुक छन् । शिवरात्रीको अवसर पारेर बुधबारबाट तीन चलचित्रहरु एकसाथ प्रर्दशन भइरहेका छन् ।
निर्देशक सुरेन्द्र पौडेलका अनुसार यो चलचित्र तिहारको लक्ष्मी पूजाका दिन कात्तिक ३ गते प्रर्दशन हुनेछ ।
चलचित्रमा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रको छायांकन एक सातापछि सुरु गर्ने निर्माण पक्षको तयारी छ ।
चलचित्रमा प्रशान्त शिवाकोटी संगीत, सम्राट शाक्य एक्सन निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहने छ ।
‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ । चलचित्रका निर्माता आशिस एच तामाङ र श्रीराज कार्की रहेका छन् ।








प्रतिक्रिया