काठमाडौं
काठमाडौंको तीनकुने सडकमा भएको दुर्घटनामा ललितपुर लेलेकी युवतीको निधन भएको छ ।
प्रहरीका अनुसार बुधबार राति काठमाडौं महानगरपालिका–३२ तीनकुने मुनिभैरव नजिकै सडकमा प्र.३–०३–००१ प ९७३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार ललितपुर लेले घर भएकी २२ वर्षीया रीता नेवारको निधन भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त मोटरसाइकललाई बा.०३–००१ क ११७५ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल बा.५ ख १५४६ नम्बरको बसमा ठोक्किएर दुर्घटना भएको थियो ।
तीन वटै सवारी साधनका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
१५ फाल्गुन २०८१, बिहिबार
7.7k
Shares








प्रतिक्रिया