१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


२८१५ बिन्दुमा पुग्याे सेयर बजार



काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा हरीयाली छाएको छ । मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेसँगै सेयर बजारमा उत्साह देखिएको हो ।

यसदिन सेयर बजार ४९.१५ अंकले बढ्यो भने परिसुचक २८१५ बिन्दुमा पुगेर रोकियो । यसदिन २ करोड कित्ता सेयर किनबेच हुदा ११ अर्ब ३९ करोडको कारोबार भयो । आज कारोबारमा आएका १८६ कम्पनीको सेयर बढ्यो भने ५३ कम्पनीको सेयर घट्दा ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज कारोबारका आधारमा सर्वाधिक हिमालय रि इन्सुरेन्सले ९६ करोड, नेपाल रि रि इन्सुरेन्सले ७६ करोड र एनआरएन इन्फ्रास्ट्रक्चरले ४६ करोडको कारोबार गरे ।

यसदिन गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, अपरहेवाखोला, सिन्धु विकास बैंक र दोर्दीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

यसदिन सबै सूचक बढेका छन् । आज बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.३२ प्रतिशत बढेको छ । व्यापार १.२०, अन्य १.०१, निर्जीवन बीमा ०.७०, माइक्रोफाइनान्स ०.९१, जीवन बीमा ०.८१, लगानी १.२५, हाइड्रोपावर १.८०, होटल तथा पर्यटन १.१२, फाइनान्स ०.२८ र विकास बैंक समूह १.५३ प्रतिशत बढे ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ३ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।