काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रहरीले अनियन्त्रित भई सडकमा आएको एउटा राँगो नियन्त्रणमा लिएको छ । महानगर प्रहरी बलका अनुसार काठमाडौं–१२ टेकु दोभानमा अनियन्त्रित भएको राँगोले सवारीसाधन र मानिसमा क्षति पुर्याएको थियो ।
त्यसपछि वन विभागका प्रतिनिधिको सहयोगमा राँगोलाई बेहोस बनाइएको थियो । नगर प्रहरी र कालिमाटी प्रहरीको संयुक्त उद्धार टोलीले राँगोलाई स्नहाज केयर संस्थामा बुझाएको नगर प्रहरी बलले जनाएको छ ।







प्रतिक्रिया