२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘मेरी बास्सै’का धुन्धुकारी आशिषको कला यात्रा, चलचित्र ‘होस्टेल ३’मा कसरी पुगे ?



काठमाडौं
चलचित्र ’होस्टेल ३’का डेव्यु कलाका हुन् आशिष घिमिरे । उनीले डेढ वर्षको उमेरमा ‘गीताञ्जली’ नामक सिरियलबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । ६ वर्षको उमेरदेखि उनले लोकप्रिय हाँस्य टेलि सिरियल ‘मेरी बास्सै’ मा ‘धुन्धुकारी’ को भूमिकामा लगातार ५ वर्षसम्म अभिनय गरे । त्यसपछि, उनले ‘सिग्नेचर’ चलचित्रमा सन्दिप क्षेत्रीको बाल्यकालको भूमिका निभाए र ‘जुरेली’ नामक सिरियलमा पनि अभिनय गरे ।

पढाइलाई प्राथमिकता दिन उनले केही समय अभिनयबाट विश्राम लिए र प्लस २ पछि ‘आइटी’ मा ब्याचलर सके । यस अवधिमा, उनले केही सिरिज र म्यूजिक भिडियोमा सहायक निर्देशन र लेखन समूहमा काम गरे ।

ब्याचलर सकेपछि, आशिषले आरोहण गुरुकुल नाटक घरमा सुनिल पोखरेलसँग अभिनय सिके । त्यहाँ उनले एक सडक नाटक र सुनिल पोखरेलको निर्देशनमा ‘गच्छामि’ नामक नाटक र रामभजन कामतको निर्देशनमा ‘काल’ नामक नाटकमा अभिनय गरेका छन् ।

‘होस्टेल ३’ को निर्माण टोलीले ‘शिव’ नामक भूमिकाको लागि अडिसन गरिरहेको बेला, आशिषलाई प्रस्ताव राख्यो । स्क्रिप्ट मन परेपछि उनले यो भूमिकामा चासो देखाए । धेरै अडिसनपछि, आशिष नै ‘शिव’ को भूमिकामा फिट हुने देखियो र उनको अभिनय परीक्षण सफल भएपछि उनलाई यो भूमिका दिइएको निर्देशक सशान कँडेलले बताएका छन् ।

पछिल्लो समय फागुन २३ गतबाटे प्रर्दशनको हुने तयारीमा रहेको नेपाली चलचित्र ‘होस्टेल ३’को ट्रेलरले चर्चा छ । चलचित्रले युट्युबको ट्रेन्डिङमा नेपालको पहिलो स्थान सहित भारत लगायतका करिब २० देशहरूमा ट्रेन्डिङमा परेपछि थप चर्चा पाइरहेको छ ।

यस चलचित्रमा सोसल मिडियामा ‘कूलब्वाय’ नामले परिचित पारस बम, ‘धुन्धुकारी’ नामले परिचित आशिष घिमिरे, पदम तामाङ, रिहान गिरी, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, सन्तोष बानियाँ, उमर खान, रोहन श्रेष्ठ लगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । यी सबै कलाकारहरूको लागि ‘होस्टेल ३’ पहिलो चलचित्र हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ४ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।