काठमाडौं । काठमाडौं सुकेधारास्थित धोबीखोला नजिकैको भत्किएको संरचनामा प्रयोगमा नरहेको शौचालयभित्र १ जना पुरुषको शव फेला परेको छ । शवलाई फोहोरको थुप्रोले ढाकेर राखेको भेटिएको छ । शव ओखलढुंगा घर भई काठमाण्डु बस्दै आएका ५० वर्षीय अडविर राईको रहेको प्रहरीले जनाएको छ ।
शवलाई म्याट्रेस, सिरानी, झोला र फोहोर कपडाहरूले छोपेर राखिएको फेला परेकाले उनको मृत्युलाई शंकास्पद रूपमा हेरिएको छ । मृतक व्यक्तिको टाउको, निधार र नाकमा धारिलो हतियारले प्रहार गरिएको घाउ देखिएको छ ।
मृतकको अनुहार र कपालमा रगत लत्पतिएको समेत रहेको पाइएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
शवलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।








प्रतिक्रिया