भादगाउँ (भक्तपुर)
भक्तपुरबाट बलत्कारी पुष्टि (जबरजस्तीकरणी) भएका पुरुष पक्राउ परेका छन् ।
प्रहरीका अनुसार बलत्कारको (जबरजस्तीकरणी) मुद्दामा दोषी भइ फरार एक व्यक्तिलाई जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु घर भई हाल चाँगुनारायण नगरपालिका–९, ताथली बस्दै आएका ४९ वर्षीय अच्युतमणि रिसाल रहेको प्रहरीको भनाइ छ ।
रिसाललाई प्रहरीले भक्तपुर नगरपालिकाको च्याम्हसिंहबाट पक्राउ गरेको हो । रिसाललाई भक्तपुर जिल्ला अदालतले गत कात्तिक २१ गते जबरजस्ती करणी मुद्दामा सात वर्ष कैद र रु तीन लाख दण्ड जरिवाना हुने फैसला गरेको थियो ।
रिसाल अदालतको पैmसलापछि फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।
रिसाललाई कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा पठाइएको न्यौपानेले जानकारी दिएका छन् ।








प्रतिक्रिया