२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


एकाविहानै काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का



काठमाडौँ
काठमाडौंमा एकाविहानै शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिस समेत खुल्ला स्थानमा आत्तिएर निस्केका थिए ।

खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिससमेत खुला स्थानमा निस्केका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ६ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।