२२ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाली महिला टिमकी कप्तान एन्जिलाको वायोपिक चलचित्र ‘अन्जिला’को ट्रेलर सार्वजनिक



काठमाडौं
नेपाली महिला टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अन्जिला’को ट्रेलर सार्वजनिक गरिएको छ।
राजधानीको नयाँ वसपार्कस्थित एक चलचित्र भवनमा शुक्रबार आयोजित कार्यक्रममा चलचित्र ‘अन्जिला’को ट्रेलर सार्वजनिक भएको हो ।
चलचित्रको मुख्य भूमिकामा एन्जिला आफैंले अभिनय गरेकी छिन अभिनेता दयाहाङ राई उनका बुबा र सिर्जना सुब्बा आमाको भूमिकामा देखिएकी छिन् । मिलन चाम्स निर्देशनमा निर्माण भएको चलचित्रमा सुनिल थापा (रातेकाइँला) प्रशिक्षकको भूमिकामा अभिनय गरेका छन् । चलचित्रमा कलाकारहरु माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराललगायत रहेका छन्।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै एन्जिला तुम्बापो सुब्बाले निर्देशक चाम्स, अभिनेता राईलगायत चलचित्रसम्बद्धहरुलाई जीवनभर नभुल्ने बताइन् । उनले भनिन्, ‘मैले दयाहाङ राईजस्तो सुपरस्टारसँग चलचित्र अभिनय गर्छु भनेर सपनामा पनि सोचेको थिइन ।’
चलचित्र‘अन्जिला’ फागुन २९ मा प्रदर्शन तयारीमा छ।

एन्जिला हाल ग्रीसमा व्यावसायिक फुटबल खेलिरहेकी छिन् । महिला च्याम्पियनसिपको खेल आजै उनी सकेर ग्रीसतर्फ प्रस्थान गरेकी छन् । चलचित्रको टिमले उनलाई खादा लगाएर विदाई गरेको थियो ।

न्जिला तुम्बापो सुब्बा अभिनित चलचित्र अन्जिलाको अफिसियल ट्रेलर सार्वजनिक भएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ३ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।