३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शुक्रबार बिहानको भूकम्पले ६ जना घाइते, प्रहरी कार्यालयसहित ६ घरमा क्षति



काठमाडौं । शुक्रबार बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु भई गएको भूकम्पले ६ जना सामान्य घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुपाल्चोक, धादिङ लगायतका जिल्लामा भागदौड गर्दा केही घाइते भएका हुन्।

भूकम्पमा एक घर भत्किएको र तीन जना बिस्थापित भएको प्रहरीले जनाएको छ। प्रहरी कार्यालयसहित अन्य पाँच वटा घरमा आंक्षिक क्षति पुगेको छ । ‘६ जना सामान्य घाइते भएका छन्,’ प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले भने,‘सिन्धुपाल्चोकमा प्रहरीको एक अस्थायी कार्यालयमा पनि सामान्य क्षति पुगेको छ ।’

बिहान २ः ५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ रेक्टरको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस भएको थियो।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ६ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।